सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल

सफल खबर संवाददाता

बुधबार, १० असार २०८३, १५ : २६
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले निर्वाचनका बेला गरिएका वाचा र सत्तामा पुगेपछिको व्यवहारबीच फरक देखिएको टिप्पणी गरेका छन्।

मन्त्रीका सल्लाहकार र स्वकीय राख्ने सरकारको निर्णयप्रति लक्षित गर्दै उनले निर्वाचनका समयमा ‘मितव्ययिता र सुशासन’ को नारा दिएर जनताको विश्वास जित्न सफल भएपनि अहिले त्यसको विपरीत हिँडेको आरोप लगाए।

उनले भनेका छन्, ‘निर्वाचनका बेला मितव्ययिता र सुशासनको चर्को नारा लगाएर जनताको मत तान्न सफल भएका नयाँ भनिनेहरूले सत्तामा पुग्ने बित्तिकै सल्लाहकार र पीए (व्यक्तिगत सहायक) हरूको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ !’

राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने वाचा गरेका पक्षहरूले नै अहिले विभिन्न मन्त्रालयहरूमा समानान्तर शक्ति केन्द्र निर्माण गर्ने उद्देश्यसहित आफ्ना कार्यकर्ताहरूलाई नियुक्ति दिन व्यस्त रहेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस