काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन गर्ने कुरा पार्टीको साझा निष्कर्ष रहेको दाबी गर्दै अहिले आइरहेका विवादका चर्चा भ्रामक रहेको दाबी गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले हाम्रो पार्टी पपुलिजम, एनार्कीजम र अपर्चुनिस्ट प्रवृत्तिले पारेको प्रभावबाट कसरी बाहिर निस्किने भन्ने छलफलमा छ,’ महासचिवल पोखरेलले भने, ‘जनमत हाम्रो विपक्षमा प्रकट भयो, जनमतलाई कसरी अनुकुल बनाउने, प्रभावबाट समाजलाई कसरी मूक्त बनाउने, कसरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने भन्ने कुरा पार्टीको विषय हो ।’
अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा पार्टीका लागि हानीकारक रहेको उनले बताए । ‘त्यसले अहिले सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट पार्टीविरुद्ध जे प्रकारको प्रोपोगान्डा गर्ने प्रयास भएको छ, त्यो चाहिँ एक प्रकारले भन्ने हो भने हानीकारक छ र गलत छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०८३, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल