काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसहित उनी पक्षका केही नेतालाई बोलाएर पार्टी फुटको डिलमा पुगेको बताएका छन् ।
सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपालसहित उनी पक्षका नेतालाई बोलाएर पार्टी फुटको संघारमा पुग्न लागेको बताए । प्रधानमन्त्री ओलीले माधव नेपालसँग पार्टी बचाउन पटकपटक आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको निम्तो आएपछि वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका थिए ।
‘बालुवाटारमा भएको छलफलमा खास निष्कर्ष केही निस्केन, प्रधानमन्त्रीले पार्टी फुटको डिलमा पुगेको छ । सबै मिलेर बचाऔं भन्नुभयो’ नेता पन्तले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने ।
‘हामीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा निर्णायक भूमिका भएकाले सहमतिको पहल थाल्न आग्रह गरेका छौँ’ नेता पन्तले भने, ‘ सिंगो पार्टीलाई एकताबद्ध हुने गरी काम गर्नुस् । समस्याको समाधान पार्टीको बैठकबाट हुन्छ । तपाईँ लचिलो हुनुपर्छ, भनेर भन्यौँ ।’
बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । प्रधानमन्त्रीले लामै कुरा गरेपनि ठोस प्रस्ताव भने नआएको सहभागी नेताहरुले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०७७, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह