काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि ‘अदालतको अवहेलना’ मा कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन पेस भएको छ ।
अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले आइतबार सर्वोच्च अदालतमा निवेदन पेस गरेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता भएको आफूहरूलाई सूचित गरेको निवेदकमध्येका एक अधिवक्ता ओलीले बताए । सर्वोच्च अदालत प्रशासनले भने आइतबार कुनै अवहेलनाको निवेदन दर्ता नभएको जनाएको छ ।
स्रोतका अनुसार, निवेदनमा प्रधानमन्त्री ओलीलाई नै विपक्षी बनाइएकामा सरकारी पक्षले असन्तुष्टि जनाएको छ । कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भए उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा उनीहरूले अवहेलना निवेदन पेस गरेका हुन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ कार्तिक २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान