काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि ‘अदालतको अवहेलना’ मा कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन पेस भएको छ ।
अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले आइतबार सर्वोच्च अदालतमा निवेदन पेस गरेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता भएको आफूहरूलाई सूचित गरेको निवेदकमध्येका एक अधिवक्ता ओलीले बताए । सर्वोच्च अदालत प्रशासनले भने आइतबार कुनै अवहेलनाको निवेदन दर्ता नभएको जनाएको छ ।
स्रोतका अनुसार, निवेदनमा प्रधानमन्त्री ओलीलाई नै विपक्षी बनाइएकामा सरकारी पक्षले असन्तुष्टि जनाएको छ । कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भए उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा उनीहरूले अवहेलना निवेदन पेस गरेका हुन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ कार्तिक २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली
पब्लिक डिबेटका लागि तयार छु : केपी शर्मा ओली
नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ : अध्यक्ष ओली
उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस