काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकै शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन् । यही दिन सिद्धार्थ गौतमले बोधि प्राप्त गरी भगवान गौतम बुद्धका रूपमा मानव सभ्यतामा स्थापित भएको उनको भनाइ छ ।
ओलीले करिब २५७० वर्षअघि यही दिन भगवान बुद्ध महापरिनिर्वाणमा विलीन भएको स्मरण गर्दै बुद्धको जीवनले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाएको बताए।
उनले देशभित्र तथा विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना व्यक्त गर्दै बुद्धको शाश्वत सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ बैशाख २०८३, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो