काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले नागरिकलाई आफ्नो उपचार आफैं गर भन्नु अनुचित भएको बताएका छन् ।
सरकारले देशभरिका अस्पताललाई कात्तिक २ पछि भर्ना भएका बिरामीमध्ये तोकिएबाहेकको शुल्क लिनू भनेर निर्देशन दिएपछि नेपालको यस्तो प्रतिक्रिया आएको हो ।
आज विज्ञप्ति जारी गर्दै नेता नेपालले संकटमा राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा यस्तो निर्णय हुनु अनुचित भएको बताएका हुन् ।
“मुलुक कोभिड(१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरूको संख्या दिनदिनै बढिरहेका बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्न निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले विज्ञप्तिमा भनेका छन्, “सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् । संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०७७, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव