माधव नेपाल एकाबिहानै किन पुगे खुमलटार ?

मन्त्रीमण्डल पूर्नगठनले नेकपाभित्र आन्तरिक कलह बढ्न थालेपछि प्रचण्ड र माधव नेपाल खुमलटारमा भेट गरेका छन्

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, ०८ : ५६
माधव नेपाल एकाबिहानै किन पुगे खुमलटार ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्ना विश्वासपात्रलाई मात्रै समेटेर मन्त्रिमण्डल पूर्नगठन र बिस्तार गरेपछि नेकपाभित्र फेरि कलह बढेको छ । पार्टी सचिवालयमा छलफल गर्ने, दुई अध्यक्षको परामर्शमा सहमति जुटाउने र मन्त्रिमण्डल पूर्नगठन देखि सम्वैधानिक राजनीतिक नियुक्ति गर्ने सम्मका काम गर्ने स्थायी समिति बैठकको म्यान्डेट विपरित प्रधानमन्त्री ओलीले हिजो साँझ मन्त्रिमण्डल पूर्नगठन गरेका हुन् ।

पूर्नगठित मन्त्रीमण्डलमा अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ र शहरी विकासमा कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । ओलीले कार्यक्षमता देखाउन नसकेको र सबैतिर बदनामी मात्र कमाईरहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको भने मन्त्रालय खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मा हेर्ने गरी तानिएको छ । खासमा पोखरेल निकट नेताहरुले उनलाई थप जिम्मेवारीका साथ छायाँ प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मा लगाईएको बताएपनि खासमा उनको पद खोसुवा भएको बालुवाटार स्रोतको भनाई छ ।

पार्टीभित्र दुई वर्ष पूरा भएका र कार्यक्षमताका आधारमा ब्यापक मात्रामा पूर्नगठन गर्न स्थायी समितिले म्यान्डेट दिएपनि ओलीले त्यसो गरेनन् । उनले रिक्त तिन मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने गरी अगाडी बढे । दिनहुँ कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफलमा उस्तै ढिपिमा रहिरहे र अन्तत: बुधबार साँझ उनले पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायतसँग कुनै परामर्श नै नगरी मन्त्रीमण्डल पूर्नगठन गरिदिए ।

यस अगाडी पनि अमेरिका, बेलायत लगायतका देशमा राजदुत नियुक्ति, मुख्य सचिव नियुक्ति लगायतमा पनि मनमौजी ढंगले पार्टी नेताहरुसँग परामर्श नगरी राजदुत नियुक्तिका सिफारिस गरेपछि पनि पार्टीमा फेरि विवाद बल्झिन खोजेको थियो । त्यसमाथी ओलीकै धापमा पूर्व माओवादी धारका मुख्यमन्त्री रहेका कर्णालीका मुख्यमन्त्री महेन्द बहादुर शाहीका विरुद्द ओली पक्षका नेता यमलाल कँडेलको अगुवाईमा अविश्वास प्रस्ताव समेत दर्ता भएको थियो । यसले पनि दुई अध्यक्षको सम्बन्धमा थप चिसोपना बढाएको थियो ।

नवनियुक्त मन्त्रीहरुको आजै सपथ ग्रहण कार्यक्रम पनि तय भएको छ । तर यसले पार्टीभित्र भने कलहको रुप लिएको छ । फेरि ओली पार्टी र सरकारमा आफ्नै स्वेच्छाचारिताबाट अगाडी बढन खोजेका छन् । यसले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई भने असन्तुष्ट बनाएको छ ।  दुवै नेताले प्रधानमन्त्री ओलीले भदौं २६ को स्थायी समिति बैठकले दिएको म्यान्डेट विपरित मन्त्रीमण्डल पूर्नगठन गरेपछि थप आक्रोशित छन् ।

यस अगाडी पनि अमेरिका, बेलायत लगायतका देशमा राजदुत नियुक्ति, मुख्य सचिव नियुक्ति लगायतमा पनि मनमौजी ढंगले पार्टी नेताहरुसँग परामर्श नगरी राजदुत नियुक्तिका सिफारिस गरेपछि पनि पार्टीमा फेरि विवाद बल्झिन खोजेको थियो । त्यसमाथी ओलीकै धापमा पूर्व माओवादी धारका मुख्यमन्त्री रहेका कर्णालीका मुख्यमन्त्री महेन्द बहादुर शाहीका विरुद्द ओली पक्षका नेता यमलाल कँडेलको अगुवाईमा अविश्वास प्रस्ताव समेत दर्ता भएको थियो । यसले पनि दुई अध्यक्षको सम्बन्धमा थप चिसोपना बढाएको थियो ।

पार्टीभित्र मन्त्रिमण्डल पूर्नगठनले थप कलह जन्माउने संकेत मिलीरहेका बेला वरिष्ठ नेता माधव नेपाल आज बिहिबार एकाबिहानै अध्यक्ष प्रचण्ड भेटन खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओलीले तपाईसँग कति सल्लाह गर्नुभएको थियो ? भन्दै नेता नेपाल खुमलटार पुगेका हुन् । पार्टीमा कुनै सल्लाह नगरी सरकारका काममा प्रधानमन्त्री ओलीले फेरि एकलौटी र स्वेच्छाचारि शैली अपनाएको भन्दै नेपाल र प्रचण्डले साथसाथै प्रतिवाद गर्ने गरी छलफल गरेको स्रोतले बताएको छ ।

तत्काल पार्टी सचिवालय बैठक बोलाउनु पर्ने, पार्टी एकताको १० दिनभित्र ठोस प्रस्ताव ल्याई छलफल गर्ने विषय देखि ओलीको स्वेच्छाचारितामा लगाम लगाउने अस्त्र के हुने भन्नेमा छलफल गर्न सचिवालय बैठक बोलाउन नेपालले प्रचण्डसँग आग्रह गरेको स्रोत बताउँछ । दुई अध्यक्षका वीचमा बढ्दो असमझदारी र तिक्तताका विषयमा दुई अध्यक्षले आजै पनि भेटेर छलफल गर्ने बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस