काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुरा मिलिनसकेको बताएका छन् । आफ्नै निवास खुमलटारमा आज बिहान भेट गर्न पुगेका पार्टीका बरिष्ठ नेता माधव नेपाललाई प्रचण्डले ओलीसँगका दिनँहुका भेटवार्ता बारे ब्रिफिङ गरेका थिए ।
तपाईहरुको बसाई के भईरहेको छ ? मन्त्रिमण्डल पुनर्गठनमा के प्रगति छ ? वरिष्ठ नेता नेपालले प्रचण्डसँग बिहान खुमलटार पुगेर जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनमा अझै कुरा मिलि नसकेको बताएका हुन् । नेकपा स्थायी समिति बैठकले मन्त्रिमण्डल पुनर्गठन र सम्वैधानिक तथा राजनीतिक नियुक्ती गर्दा निश्चित मापदण्डका आधारमा गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव कार्यान्वयन गराउन असोज ४ र ६ गते दुई दिन नेताहरुले मापदण्ड के बनाउन सकिन्छ भन्ने बारेमा सचिवालय बैठकमा छलफल गरेका थिए ।
मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्रीबाहेक अन्य सबै टिम फेरेर जाने, दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री लैजाने या अहिले रिक्त रहेका मन्त्रालय र केही टुक्राइने मन्त्रालयमा मन्त्री नियुक्त गरेर केही आंशिक अति आवश्यक भएमा मात्र फेरेर जाने विकल्पमा नेकपाको सचिवालयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओली तेश्रो विकल्प अर्थात, रिक्त रहेका र टुक्राइने मन्त्रालयमा मात्र मन्त्री नयाँ लैजाने पक्षमा छन् । अहिले अर्थ, सूचना तथा सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री रिक्त छ । भौतिक पूर्वाधार टुक्रयाएर यातायात तथा रेल मन्त्रालय, उर्जाजलस्रोत तथा सिंचाई टुक्रयाएर सिंचाई तथा नदी नियन्त्रण, उद्योग वाणिज्य तथा आपूर्तिलाई छुट्टाएर उद्योग मन्त्रालय बनाउने र त्यसमा मात्रै मन्त्री नियुक्त गरेर जानुपर्नेमा प्रधानमन्त्री ओली छन् ।
माधव नेपाल प्रधानमन्त्री बाहेक सबै टिम फेर्नुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड भने दुई वर्ष पूरा भएकालाई बिदा गरेर नयाँ मन्त्री काम गर्न सक्ने हैसियत भएकालाई लैजानुपर्ने पक्षमा देखिएका छन् । तर निरन्तरको छलफलमा पनि ओली आफ्नो अडानमा टसमस नभएको र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसकेको प्रचण्डले वरिष्ठ नेता नेपाललाई ब्रिफिङ गरेका हुन् । नेपाल निकट स्रोतका अनुसार, प्रचण्डले ओलीसँगको छलफलमा ओली आफ्नै अडानमा टसमस नदेखिएको ब्रिफिङ नेता नेपाललाई सुनाएका छन् ।
नेताहरुका बीचमा सहमति जुट्न नसक्दा नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठन कुन विधि र मापदण्डका अधारमा गर्ने भन्ने टुंगो लाग्न सकिरहेको छैन् । नेता नेपालले भने केही दिन अझै छलफल नै गरेर भएपनि निश्चित विधि र पद्दतीकै आधारमा मात्रै मन्त्रिमण्डल पुनर्गठनमा जोड गर्नुपर्ने बताएर निवास फर्केको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ असोज २०७७, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव