चिनियाँ दुतावास भन्छ : नेपाल चीनका बीचमा सिमा विवाद छैन, विवाद भनिएकोमा पनि नेपालले प्रमाणिकरण गर्न सक्छ

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, ०९ : १६
चिनियाँ दुतावास भन्छ : नेपाल चीनका बीचमा सिमा विवाद छैन, विवाद भनिएकोमा पनि नेपालले प्रमाणिकरण गर्न सक्छ

काठमाडौं । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा सिमा स्तम्भ हराएको मौकामा चीनले भवनहरु बनाएर कब्जा जमाएको भन्ने समाचारको नेपालस्थित चिनियाँ दुतावासले खण्डन गरेको छ ।

लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले आफनो तर्फबाट संरचना निर्माण गरेको समाचार सञ्चारमाध्यममा प्रकाशित प्रसारित भईरहेका छन् । मंगलबार नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाटै फर्केको समाचार पनि प्रकाशित भईरहेका छन् ।

ललुङजोङमा चीनले सानाठूला गरी ११ वटा भवन बनाएको समाचारमा जनाईएको छ । लाप्चादेखि उक्त स्थान करिब ४ किलोमिटर पश्चिममा पर्छ ।  चीनले संरचना बनाउनुअघि ललुङजोङ क्षेत्रमा बर्खाको समयमा लिमीका बासिन्दाले चौंरी चराउन लाने गर्ने गरेको स्थानियको भनाई छ ।  लिमीदेखि त्यहाँ पुग्न गाडीमै करिब ४ घण्टा लाग्छ ।

तिब्बततिरबाट पनि चरिचरनका लागि मानिस आउँथे । करिब ४ वर्षअघि चीनले व्यापारिक प्रयोजनका लागि भनेर दुइटा घर त्यहाँ बनाएको र अहिले थप ९ वटा बनेको समाचारमा आएका छन् ।  एउटा सानो घरमा सुरक्षाकर्मी बसेको र बाँकी प्रयोगमा नरहेको पनि स्थानियको भनाई छ ।

सरकारले यस बारेमा औपचारिक रुपमा कुनै टिप्पणी त गरेको छैन, तर नागरिक स्तरबाट यस विषयमा सरकारको आधिकारिक धारणा आउनु पर्ने बताईरहेका बेला नेपालस्थित चिनियाँ राजदुतावासले भने आफ्नो तर्फबाट वक्तब्य जारी गरेको छ । दुतावासले उक्त संरचना निर्माण गरिएको क्षेत्र चीनले आफ्नो भएको भन्दै प्रमणित गरेको तर नेपालले पनि फेरि त्यस क्षेत्रलाई प्रमाणित गर्न सक्ने बताएको छ ।

नेपाल र चीनका बीचमा समीमा विवाद नरहेको भन्दै दुतावासले त्यहाँका सन्र्दभमा नेपालले आफ्नो तर्फबाट प्रमाणित गर्न सक्ने वक्तब्यमा उल्लेख गरेको छ । ‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ । मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।

नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ,’ दुतावासले वक्तब्यमार्फत भनेको छ,– चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’
 

प्रतिक्रिया दिनुहोस