काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ स्वयंसेवा गठन गरेर कोरोनाबारे जनतामा सचेतना दिने भएका छन् । स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्यापिड रेस्पोन्स टिम र उपसमितिहरु बनेको छ ।
सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भएकाले स्वयंसेवा गठन गरेर अघि बढेको प्रवक्ता श्रेष्ठले बताए । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि बनाएको स्वयम्सेवा टोलीलाई सरकारले प्रभावकारी बनाउनुपर्ने बताए ।
श्रेष्ठको निजी सचिवालय अन्तर्गत गठित कोभिड १९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण गर्नेछ भने मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्शसमेत दिनेछ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ भदौ २०७७, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ