काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ स्वयंसेवा गठन गरेर कोरोनाबारे जनतामा सचेतना दिने भएका छन् । स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्यापिड रेस्पोन्स टिम र उपसमितिहरु बनेको छ ।
सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भएकाले स्वयंसेवा गठन गरेर अघि बढेको प्रवक्ता श्रेष्ठले बताए । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि बनाएको स्वयम्सेवा टोलीलाई सरकारले प्रभावकारी बनाउनुपर्ने बताए ।
श्रेष्ठको निजी सचिवालय अन्तर्गत गठित कोभिड १९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण गर्नेछ भने मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्शसमेत दिनेछ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ भदौ २०७७, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध