काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्काे असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तष्टि जनाएका थिए । एक व्यक्ति एक जिम्मेवारीलगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा कड्किए।
उनले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारीलगायतको मुद्दा उठाउँदै आएका छन् । उनको मुद्दामा पार्टीले कुनै पनि सुनुवाई गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने