काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा बिहिबार तिन वटा विषयले प्रवेश पाए । पहिलो थियो, कोभिड संक्रमणमा देखिएको बढोत्तरी र सरकारको नियन्त्रण प्रयास । दोश्रो थियो, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा मनोनयनका लागि लैजाने ६ महिना अगाडीको निर्णय कार्यान्वयन र तेश्रो थियो, पार्टी समस्या समाधान सुझाव कार्यादलले बुझाएको प्रतिवेदनमाथीको छलफल ।
कोभिडका बारेमा प्रधानमन्त्रीले सरकारले नियन्त्रण प्रयासका लागि गरिरहेको प्रयासका बारेमा लामैं ब्रिफिङ गरे । सँगै देशभर बाढी पहिरोले पारिरहेको धनजनको क्षति र त्यसमा पनि सरकारी प्रयास प्रधानमन्त्रीको ब्रिफिङ थियो, पार्टी बैठकमा । त्यसपछि पार्टीले निर्देशन दियो, सरकारलाई अझ प्रभावकारी रुपमा यी दुवै प्रकोप नियन्त्रणका लागि काम गर्नु ।
दोश्रो विषय उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा लैजाने गत फागुन १४ को सर्वसम्मत पार्टी निर्णयमा प्रधानमन्त्रीले नै सरकारले कार्यान्वयनको तयारी गरेको र त्यसैको क्रममा रहेको जानकारी बैठकलाई आफैंले गराए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुले पार्टीको संस्थागत निर्णय कार्यान्वयन हुन लागेको भन्दै सुखी ब्यक्त गरे । निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई सबै नेताहरुले धन्यवाद दिए ।
त्यसपछि प्रवेश गर्यो, नेकपा बैठक पार्टीभित्रको समस्या समाधान सुझाव कार्यदलको प्रतिवेदनमाथीको छलफल । दुवै अध्यक्षले पार्टी सचिवालयका नेताहरुको र मुख्यतः दुई अध्यक्षको छलफलको स्पिरिटमा रहेर कार्यदलले निर्धारित समयमा महत्वपूर्ण सुझाव सहितको प्रतिवेदन बुझाएकोमा कार्यदलमा रहेर काम गरेका महासचिव विष्णु पौडेल लगायतका सदस्यहरुलाई धन्यवाद दिए । कार्यदलले ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने गत मंसिर ४ को सहमतिको थप स्पष्ट ब्याख्या गर्दै सरकार पूर्नगठन, राजनीतिक नियुक्तिहरु सचिवालयमा छलफल पछि मात्र निर्णय गर्ने लगायतका समस्याहरुको सम्बोधन गर्ने गरी आएको थियो ।
तर निरन्तर एक ब्यक्ति एक मुख्य जिम्मेवारीको आवाज उठाउदै आएका वरिष्ठ नेताको त्यही माग सम्बोधन प्रतिवेदनमा थिएन् । गत ५ भदौबाट होम क्वारेन्टाइनमा बसेका र दुई दिन यता मात्रै राजनीतिक भेटघाट थालेका बरिष्ठ नेता नेपालले बैठकमा के राख्लान् ? चासो सबैको नेपाल तिर थिए । कार्यदलको प्रतिवेदन समस्या पन्छाउने साधन नबनोस्, पार्टी र सरकारमा देखिएका समस्या समाधान गर्दै जनताको विश्वास पूनः आर्जन गर्ने प्रस्थान विन्दु बनोस भन्ने अपेक्षाका बीचमा कार्यदल प्रतिवेदन आउनुपर्नेमा अपूर्त र अस्पष्ट मात्र रहेको भन्दै उनले प्रतिवेदन सच्चाउन जरुरी रहेको भन्दै आफुले मोबाइलमा टिपोट गरेर ल्याएको १५ बुँदे असहमतिका बारेमा बैठकमा बुँदागत ब्रिफिङ गरे ।
सचिवालयका एक सदस्यका अनुसार नेपालले पार्टी सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमा राखेका असहमतिका १५ बुँदा यस्ता थिए :
– कार्यदलको प्रतिवेदन अमूर्त र अस्पष्ट छ । यसलाई सच्चाउन जरुरी छ ।
– अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यविभाजनमा मूलत कार्यकारी अधिकार भनिएको छ । त्यो नै अमूर्त छ । मूलत भन्नाले कस्तो हो ? त्यसको ब्याख्या पुगेन् ।
– एक ब्यक्ति एक मुख्य पदको जिम्मेवारी विधानको धारा ४६ (क) मा रहेपनि त्यस विषयमा प्रतिवेदनमा किटानीका साथ कुनै विषय समेटेर आएन् । त्यसमा किन प्रतिवेदन मौन बस्यो ? के त्यो पार्टीभित्रको समस्या होइन ?
– दुई अध्यक्ष र महासचिवले कुनै पनि प्रस्ताव पार्टी बैठकमा निर्णयका लागि प्रस्तुत गर्ने प्रतिवेदनमा भनिएको छ । यो भनेको के हो ? विधानको धारा ६० ले बहुमतको निर्णय पार्टी निर्णय हुने उल्लेख गरेको छ । अनि दुई अध्यक्ष र महासचिवको मात्र प्रस्ताव पार्टी निर्णय हुने गरी प्रतिवेदनमा ल्याइनु विधान विपरित ब्याख्या भएन र ? यो सच्चाउनुपर्छ ।
– पार्टीभित्र षडयन्त्र, गुटबन्दी अन्त्य गर्ने कुरा प्रतिवेदनमा छ । पार्टीमा अहिलेसम्म त्यस्तो दाउपेच र षडयन्त्र कसले गरेको हो ? त्यो विषय पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्छ ।
– पार्टीका सर्कुलर कसले जारी गर्ने ? प्रष्ट भएन् ।
– पार्टी र सरकारको काम प्रभावकारी बनाउने मात्र भनेर हुदैन् । अझ त्यसलाई परिष्कृत गरेर पारदर्शी र जनविश्वासी थप गरेर जानुपर्छ ।
– पार्टी एकता अक्षुण राख्ने भनेको के हो ? एकता भड्काउन कसले भूमिका खेल्यो ? यसको ब्याख्या प्रष्ट हुनुपर्छ ।
– पार्टी भित्रको समस्या समाधान नगर्ने, पन्छाउने, फरक मत राख्नेप्रति असहिष्णु ब्यवहार राख्नेहरुका सन्र्दभमा प्रतिवेदनमा किन केही आएन, यो विषय पनि प्रष्ट हुने गरि थप्नुपर्छ ।
– दुई अध्यक्षको समन्वयमा पार्टी सञ्चालनको कुरा गरेर कमिटिको महत्वलाई कमजोर बनाउने काम किन भयो ? कमिटिको कुनै भ्यालु पार्टीभित्र छैन ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल