नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय, उदाउँदो सूर्य चुनाव चिन्ह

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १५ : ५२
नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय, उदाउँदो सूर्य चुनाव चिन्ह

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको छ ।

आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए । 

सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।

दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणि गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको श्रेष्ठले जानकारी दिए ।

आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ । अब केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ ।

२०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएर ने क पा दल बनेपछि एमाले खाली थियो ।