काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको छ ।
आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए ।
सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।
दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणि गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको श्रेष्ठले जानकारी दिए ।
आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ । अब केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ ।
२०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएर ने क पा दल बनेपछि एमाले खाली थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा