काठमाडौं । भारतले गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपाली नागरिकको प्रवेश रोक्ने आशयमा पठाएको पत्रको जवाफ दिँदै नेपाली अधिकारीले आफ्नो भूमिमा आउजाउ स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले काली (महाकाली) पूर्वको क्षेत्र नेपालकै रहेको प्रस्ट पार्दै त्यहाँ नेपालीको आउजाउमा बाधा अड्चन नपार्न सीमावर्ती भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढको धार्चुला तहसिलका उपजिल्ला अधिकारीलाई मंगलबार जवाफी पत्र लेखेका हुन् ।
धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले १४ जुलाई (असार ३०) मा दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो भूभाग रहेको दाबी गर्दै त्यस क्षेत्रमा नेपालीको ‘अवैध घुसपैठ’ भइरहेकाले त्यसबारे सूचना दिन आग्रह गरेका थिए ।
गृह मन्त्रालयको निर्देशनपछि सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले उक्त पत्रको जवाफ पठाएका हुन् । ‘नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सन्धिको धारा ५ र त्यस समयमा प्रकाशित नक्सा र ऐतिहासिक तथ्य र प्रमाणअनुसार काली (महाकाली नदी) र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपालका भूभाग रहेको कुरा स्पष्ट नै छ,’ भारतीय अधिकारीलाई पठाइएको पत्रमा भनिएको छ, ‘ती नेपाली भूभागमा नेपालीको आवतजावत स्वाभाविकै रहेको र त्यसमा कहींकतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ साउन २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित