काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान १० बजेतिर प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्यहरूसँग उनकै निवास खुमलटारमा परामर्श गरिरहेका थिए । बिहान ८ बजेदेखि जारी बैठकमा सहमतिको अधिकतम लचकता के हुन सक्छ भन्नेबारे छलफल चलिरहेको थियो ।
छलफलमा सहभागी महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष बनाउने गरी गत मंसिर ४ मा भएको सहमतिलाई थप व्याख्या गरेर अघि बढौं भन्ने प्रस्ताव गरेका थिए भने अध्यक्ष दाहालले उक्त सहमति ओलीबाट उल्लंघन भएकाले अब नयाँ ढंगको समझदारी आवश्यक रहेको बताउँदै थिए ।
‘बैठकमा हामीबीच सहमतिको अधिकतम बटमलाइन के हुन सक्छ भन्नेबारेमा कुराकानी भइरहेको थियो,’ सहभागी एक नेताले कान्तिपुरसँग भने, ‘त्यही बेला प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको खबर आएपछि अध्यक्ष दाहालले उहाँलाई फोन गरेर बैठकबारे सोध्नुभयो ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा