काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान १० बजेतिर प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्यहरूसँग उनकै निवास खुमलटारमा परामर्श गरिरहेका थिए । बिहान ८ बजेदेखि जारी बैठकमा सहमतिको अधिकतम लचकता के हुन सक्छ भन्नेबारे छलफल चलिरहेको थियो ।
छलफलमा सहभागी महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष बनाउने गरी गत मंसिर ४ मा भएको सहमतिलाई थप व्याख्या गरेर अघि बढौं भन्ने प्रस्ताव गरेका थिए भने अध्यक्ष दाहालले उक्त सहमति ओलीबाट उल्लंघन भएकाले अब नयाँ ढंगको समझदारी आवश्यक रहेको बताउँदै थिए ।
‘बैठकमा हामीबीच सहमतिको अधिकतम बटमलाइन के हुन सक्छ भन्नेबारेमा कुराकानी भइरहेको थियो,’ सहभागी एक नेताले कान्तिपुरसँग भने, ‘त्यही बेला प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको खबर आएपछि अध्यक्ष दाहालले उहाँलाई फोन गरेर बैठकबारे सोध्नुभयो ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ