स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शिर्ष स्थानमा

एजेन्सी

सोमबार, १५ असार २०७७, ०९ : ४२
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शिर्ष स्थानमा

एजेन्सी । । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले विजयी हुँदै उपाधी नजिक पुगेको छ । मड्रिडले  स्पानियोलमाथि संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा फर्किएको छ ।

अवे मैदानमा भएको खेलमा स्पानियोलमाथि १–० को जित निकालेसँगै रियल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँगको अंक दूरी दुई कायम गरेको छ । रियल मड्रिडका लागि ४५ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै महत्वपूर्ण जितका लागि निर्णायक बन्यो । स्पानियोलले गोल गर्ने धेरै मौका पाएको थियो, तर रियल मड्रिडका गोलरक्षक थिबाउटले उत्कृष्ट बचाउ गरे ।

जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान ३२ खेलबाट ६९ अंक रहेको छ । रियल मड्रिडले सन् २०१२ यता ला लिगाको उपाधि जित्न सकेको छैन । अब लिगमा बाँकी रहेका सबै ६ खेलमा जित वा पाँच खेलमा जित र एकमा बराबरी गरेमा उसले उपाधि जित्ने छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा लेभान्टेले रियल बेटिसलाई ४–२, भिल्लारियलले भ्यालेन्सियालाई २–० तथा एइबरले ग्रानाडालाई २–१ ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस