काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
मंगलबार बिहान सकिएको खेलमा रियल बेटिसलाई २–० गोलले हराउँदै एट्लेटिको विजयी भएको हो ।
एट्लेटिकोका लागि गुइलियानो सिमियोन र एलेक्स बेनाले एक–एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै सिमियोनले एट्लेटिकोका लागि सुरुवाती गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेनाले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।
यो जितसँगै १० खेलबाट १९ अंक जोडेको एट्लेटिको मड्रिड चौथो स्थानमा रहेको छ भने पराजित भएको रियल बेटिस समान खेलबाट १६ अंकसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ कार्तिक २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी
स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी
स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित
स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात
स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल
स्पेनिस ला लिगा: रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटायो