स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी

एजेन्सी

सोमबार, १६ भदौ २०८२, ०९ : ०५
स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी

एजेन्सी । स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोनाका लागि लामिन यमल र रायो भालेकानोका फ्रान पेरेजले गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा यमलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

रायो भालेकानोका पेरेजले खेलको ६७औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि बार्सिलोना र रायो भालेकानो अंक बाँड्न बाध्य भए ।

यसअघिका दुई खेलमा बार्सिलोनाले मायोर्का र लेभान्तेलाई हराएको थियो भने रायो भालेकानोले एकमा जित र एकमा हार बेहोरेको थियो ।

यो बराबरीसँगै जारी लिगमा बार्सिलोना तीन खेलबाट ७ अंकका साथ चौथो स्थानमा छ । समान खेलबाट रायो भालेकानो १०औँ स्थानमा छ ।