स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी

सफल खबर संवाददाता

विहीबार, १० बैशाख २०८३, ०७ : ३९
स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाका लागि निर्णायक गोल युवा स्टार स्ट्राइकर लामिन यामलले गरे । पहिलो हाफको ४० औँ मिनेटमा भएको गोल नै निर्णाायक बनेको हो ।

बार्सिलोनाले ४० औँ मिनेटमा पाएको पेनाल्टीलाई लामिनले गोलमा परिणत गरेका हुन् ।

सेल्टा भिगोले पटकपटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । यो जितसँगै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।