काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ।
उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ। तर, सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन गरेका छन्। प्रमुख सचेतक देव गुरुङको सल्लाहमा सभामुख सापकोटाले एमसीसी सम्झौताको मिति टार्न बैठक पर सारेको सरकारको आरोप छ। ‘सरकारसँग सल्लाहै नगरी सभामुखले बैठक सार्नुभयो’, एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा यत्रो छलफल भइरहेका बेला सभामुखले एकाएक एक साता पर बैठक सार्नुभएछ।’
एमसीसीबारे छलफल गर्न बुधबार पार्टीको स्थायी समिति बैठक बोलाइएको विषयलाई ख्यालमा नराखी सभामुखले बैठक स्थगन गरेको प्रधानमन्त्री केपी ओलीनिकट नेता बताउँछन्।अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असार २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे