काठमाडौं । सभामुख डीपी अर्यालले सदनको समस्या समाधान गर्नको लागि आफूले विपक्षी दलका नेताहरूसँग संवाद गर्न खोज्दा समय नदिएको बताएका छन्। विपक्षीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा सदन अवरोध जारी राखेपछि सभामुखले यस्तो बताएका हुन्।
उनले भने, ‘मैले माननीय सदस्यहरूलाई हिजो पनि पटक–पटक संवाद गर्नको लागि बोलाएको थिएँ,समय दिनुभएन। आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नको लागि माननीय सदस्यहरूलाई सूचना गरेको थिएँ, समय दिनुभएन।’
सभामुखले सदन सञ्चालन गर्नको लागि सबै दलका सदस्य, मुख्य सचेतक, सचेतक, दलका नेता, उपनेतासँग निरन्तर संवाद गर्न कोसिस गरेको बताए। उनले थपे, ‘जब नजरअन्दाज गर्नुहुन्छ, त्यसपछि सभामुखको प्रक्रिया रोकिँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग