काठमाडौं । सभामुख डीपी अर्यालले देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्नुपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताले प्राप्त गरेको ज्ञानलाई लिएर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘देश फास्ट ट्र्याकमा बनाउनुपर्छ, देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको तीनवटा निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्नुपर्छ। यसमा संविधानलाई अक्षरशः पालना गरेर अहिले भएको संविधानमा कहीँ कतै हामी कानुनी राज्यको परिकल्पना गरेका छौँ।’
कानुनी राज्यमा कहीँ कतै अप्ठ्यारो नपर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा दुई मत नरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता