काठमाडौँ । दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ । जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व तरंगित भएको छ ।
चिनियाँ सेनासँगको मुठभेडमा भारतका ३४ सैनिक बेपत्ता भएको समाचार बेलायती पत्रिका टेलिग्राफको अनलाइन संस्करणमा मंगलबार दिउँसो नै प्रकाशित भएको थियो । तर, मंगलबार साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीनजनाको निधन भएको बताएको थियो । तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।
झडप भएको क्षेत्र चीनले नियन्त्रणमा राखेको छ । त्यसैले चीनले शव पठाएपछि मात्र भारतले मृतकको संख्या यकिन गरेको हो । ‘चिनियाँ पक्षले मृतक भारतीय सैनिकको संख्या एकैपटक होइन, पालैपालो पठाएको छ,’ दैनिक भास्करले लेखेको छ । भास्करले चीनतर्फ ४३ सैनिक हताहत भएको दाबी गरेको छ । तर, स्वतन्त्र पुष्टि गरेको छैन ।
उता चिनियाँ पत्रिका ग्लोबल टाइम्सले झडपमा दुवैतर्फ क्षति भएको बताए पनि मृतक तथा घाइते सैनिकको संख्या यकिन नभएको लेखेको छ । भारततर्फ २० सैनिक मारिएको आधिकारिक पुष्टि हुँदासम्म चिनियाँ पक्षले आफ्नोतर्फको क्षतिको विवरण खुलाएको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ असार २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?