एजेन्सी । विश्वव्यापी रुपमा फैलिदैं गईरहेको कोरोनाभाइरसको संक्रमण पछिल्लो समय भारतमा पनि ह्वात्तै बढेको छ । सङ्क्रमितहरूको सङ्ख्या तीव्र रुपमा बृद्धि भएसंगै भारतको राजधानी दिल्लीमा थप ८,००० शैय्या तयार गर्न सरकारले रेलका ५०० डिब्बा प्रयोग गर्ने भएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले कोभिड–१९ परीक्षणमा व्यापक वृद्धि लगायत दिल्लीका लागि आपत्कालीन उपायहरूको खोजी अन्र्तगत यो व्यवस्था गर्न लागेको जनाएक छन् । हालको सङ्कटबारे उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग गरेका छन् । भारतमा प्रतिदिन करिब १२ हजार नयाँ सङ्क्रमण पुष्टि भइरहेका छन् । संक्रमण दर ह्वात्तै बढेसंगै उनीहरुको व्यवस्थापन तथा क्वारेन्टिनका लागि रेलका डिब्बा प्रयोग गर्ने जनाईएको छ ।
भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले विश्वकै चौथो स्थानमा छ। भारतमा कोरोनाभाइरसका कारण चीनमा भन्दा धेरैको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना सङ्क्रमणका कारण ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।
द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार महाराष्ट्र र तामिलनाडुपछि दिल्ली तेस्रो धेरै प्रभावित राज्य हो। महाराष्ट्रका राज्य सरकारले ४० होटल र ७७ ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाएको छ। भारतले लकडाउनका कारण रेलसेवा स्थगित गरेसँगै गत एप्रिल महिनाबाट रेलका डिब्बाहरूलाई क्वारन्टीन तथा आइशोलेसन वार्ड बनाउन ति डिब्बाहरुलाई अन्त राख्न शुरु गरिएको छ ।
भारतमा प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पारिएसँगै सडक र हवाई यात्रामा वृद्धि भएको छ भने थुप्रै व्यवसायका साथै कार्यस्थलहरू खुलेका छन्। बजारमा भिड देखिन थालेको छ। लकडाउनले भारतमा ठूलो आर्थिक क्षति पुर्याएको बताइन्छ। करोडौँ मानिसले रोजगारी गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ असार २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा