काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न आग्रह गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तत्काल वार्ताका लागि राजी नभएको पाइएको छ।
कोरोना भाइरसको संक्रमण नसकिएसम्म वार्तामा बस्न नसक्ने भारतीय पक्षले संकेत गरेको छ। नयाँ नक्सा जारी भइसकेकाले केही समय हेर्ने र त्यसपछि मात्र वार्तामा बस्ने उताको मनस्थिति छ। भारतीय प्रधानमन्त्री मोदीले केही दिनअघि नयाँ दिल्लीमा भएको मन्त्रिपरिषद्को सुरक्षा कमिटी क्याबिनेट कमिटी अन रेक्युरिटिज (सीसीएस) बैठकमा सीमा विवादबारे नेपालसँग तत्काल वार्ता गर्न नसकिने बताएका हुन्।
यद्यपि, नेपालसँग बिग्रिएको पछिल्लो सम्बन्ध र त्यसको सम्भावित चुनौतीबारे प्रधानमन्त्री मोदी र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभलले संयुक्त र छुट्टाछुट्टै रूपमा सरोकारवालाहरूसँग आन्तरिक छलफललाई तीव्रता दिएको स्रोतले बताएको छ। बैठकमा भारतीय गृहमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री, अर्थमन्त्री, चिफ अफ डिफेन्स स्टाफलगायतको उपस्थिति थियो।
‘कोरोना भाइरसको संक्रमणसँग मुलुक लडिरहेको छ। यस्तो अवस्थामा कसरी वार्ता गर्ने ? ’ सीसीएस बैठकमा सहभागी भारतीय एक उच्च अधिकारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘समस्या समाधानका लागि प्रधानमन्त्री मोदी गम्भीर भए पनि तत्काल वार्तामा बस्न उहाँ अनिच्छुक देखिनु भएको छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०२ असार २०७७, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा