रौतहट । आज साँझ यहाँ हावाहुरीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । मलहापुर नगरपालिका–८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठाको चट्याङबाट मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । हावाहुरी र चट्याङले अन्य के कति क्षति भयो यकिन हुन सकेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ जेठ २०७७, २१ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु