काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
मकै बारीमा घाँस काट्न गएका बुढाथोकी बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ बैशाख २०८३, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते