काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
वरिष्ठ अधिवक्तासमेत रहनुभएका चन्दको शुक्रबार राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताउनुभएको छ । विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका स्व चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० जेठ २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल