काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् ।
बुधबार सभापति देउवासँग महामन्त्रीद्धय थापा र शर्माको भेटमा सभापति देउवाले यस्तो बताएका डा प्रकाशशरण महतले जानकारी दिए ।
‘मेरो लागि टिकटमा हस्ताक्षर महत्त्वपूर्ण होइन, टिकट जसले हस्ताक्षर गरेपनि भयो । मेरो तर्फबाट कुनै बाधा छैन भनेर उहाँले राख्नुभयो’, देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘पार्टी नफुटाउनुस् भन्नुभयो । उदारताका साथ पार्टी सभापति प्रस्तुत हुनुभएको छ ।’
भेटमा गगन र विश्वले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्छौ भनेर देउवासँग छुट्टिएको महतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर