काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महामन्त्री बाहेक पार्टीका शीर्ष नेताहरुको छलफल डाकेका छन् । अहिले बिहान उनले निवास महाराजगन्जमा पार्टीका शीर्ष नेताहरुको छलफल डाकेका हुन् ।
कांग्रेसमा नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले बिहिबार संयुक्त वक्तब्य जारी गरेर नियमित महाधिवेशन स्थगन गदै विशेष महाधिवेशन बोलाउने तयारी थालेका थिए ।त्यसलगत्तै देउवाले शुरुमा महामन्त्रीद्दयलाइ छलफलका लागि बोलाएका थिए । तर अचानक उनले विशेष महाधिवेशनको तयारीमा जुटेका र काठमाडौंको भृकुटीमण्डपमा हल समेत दुई दिनका लागि बुक गरिसकेका महामन्त्रीसँग छलफल गर्नुभन्दा पार्टीका अन्य शीर्ष नेताहरुसँग सम्वाद गर्ने येजना बनाए ।
त्यसपछि देउवाले रणनीति बदले । उनले तत्काल पार्टीका कार्यवाहक सभापति पूर्णवहादुर खड्का र नेता रमेश लेखक र आफुसँग १४ औं महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेका र फेरि पनि १५ औं महाधिवेशनमा पार्टी सभापतिका आकांक्षी रहेका शेखर कोइरालासँग भेटवार्ता गरे ।
महामन्त्रीद्दयसँग हुने भेट नहुनेभएपछि देउवासँग भेटको तयारी गर्न विश्वप्रकाशलाई छोडेर गगन थापा भने महाधिवेशनको प्रस्ताव लेख्न भन्दै धुलिखेल लागेका थिए । तर देउवाले शेखर, पूर्णवहादुर र रमेश लेखकसँग छलफल गरेपछि आज (शुक्रबार) दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन निर्देशन गरे । सोही अनुसार आज कांग्रेसको दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
बैठक बोलाएपछि हिजो साँझ नै धुलिखेल पुगेका महामन्त्री गगन थापा विहानै काठमाडौं फर्किसकेको उनी निकट नेताहरुले जनाएका छन् । देउवासँगको छलफलपछि हिजो राती नै पूर्णवहादुर खड्काले नेता शेखर कोइराला, मिनेन्द्र रिजाल र रमेश लेखकसँग अलग्गै छलफल गरेका थिए ।
नेता शेखर कोइराला पनि महामन्त्रीद्दयले विशेष महाधिवेशन बोलाएकोमा सन्तुष्ट छैनन । उनी पार्टीको केन्द्रीय समितिले मात्र त्यस्तो महाधिवेशन बोलाउन सक्ने तर महामन्त्रीले मात्रै बोलाउने विषय भेला हुने बताईरहेका छन् । यही परिवेशमा थप छलफल गर्न देउवाले अहिले विहान पार्टीका शीर्ष नेताहरुलाई आफनो निवासमा बोलाएका हुन् ।
गगन विश्व समुहले भने सकेसम्म आजै केन्द्रीय कार्यसम्पादन समितिबाट विशेष महाधिवेशनको मिति तय गराउने, नभए आज सभापति देउवालाई विशेष महाधिवेशनको निम्तो दिएर भोलि शनिबार मिति तोक्ने तयारी गरेका छन् ।
सभापति देउवाले दुई महामन्त्री बाहेक शीर्ष नेताहरुको छलफल आफनो निवासमा बोलाएपछि विहानै काठमाडौं फर्केका गगनले पनि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग केन्द्रीय कार्यासम्पादन समिति बैठक अगाडी थप रणनीतिका बारेमा छलफल गर्न चाहेका छन् ।
कांग्रेसमा विशेष महाधिवेशनको महासंग्रामले पार्टीको आन्तरिक राजनीति समस्यामा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा