चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो । उहाँले भन्नुभयो, “सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ ।” घरेलु हिंसा, यौन दुव्र्यवहार, लागुऔषध दुव्र्यसनीसँगै विभिन्नखालका ठूला र साना आपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको गुरुङको बुझाइ छ ।
कलरआइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पाइएको छ । चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र आपराधिक गतिविधि गरेर लुक्न यहाँ आउने गरेका पाइन्छन् । कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पु¥याएर सर्वसाधारणबाट बढी सूचना लिने अपेक्षा गरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० बैशाख २०७७, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग
२७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन