बिराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरले मोरङको गोठगाउँस्थित निर्माणाधीन कार्यालय तथा ब्यारेक भवनको ठेक्का सम्झौता रद्द गरेको छ।
सम्झौता बमोजिम तोकिएको म्यादभित्र निर्माण कार्य सम्पन्न नगरेको र पटक-पटकको लिखित तथा मौखिक ताकेतालाई बेवास्ता गरेको भन्दै केन्द्रले काठमाडौंस्थित 'श्री विवश इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.' सँगको ठेक्का अन्त्य गरेको हो।
निर्माण व्यवसायीले करारीय दायित्व पूरा नगरेपछि केन्द्रले गत २०८२ चैत २३ गते १० दिने स्पष्टीकरण माग गरेको थियो। सो अवधिमा प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को प्रावधान बमोजिम ठेक्का अन्त्य गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
ठेक्का रद्द भएसँगै निर्माण व्यवसायीको कार्यसम्पादन जमानत बापतको रकम जफत गरिने भएको छ। साथै, बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च सरकारी बाँकी सरह असुलउपर गरिने र सम्बन्धित कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिने केन्द्रले जनाएको छ।
कार्यालयले अद्यावधिक नापजाँच र वित्तीय फरफारकका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र उपस्थित हुन अनुरोध गरेको छ। तोकिएको समयमा उपस्थित नभए कार्यालयले गर्ने नापजाँचलाई नै अन्तिम मानिने व्यहोरा सोमबार जारी सूचनामा स्पष्ट पारिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)