चितवन। चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले सशस्त्र प्रहरीले आफ्नो ज्यानभन्दा पनि नागरिकको ज्यानलाई उच्च प्राथमिकता दिँदै जोगाउन सफल भएको बताउनुभयो। उहाँले यही मानवीय संवेदनशीलता र समर्पण नै सशस्त्र प्रहरीको वास्तविक “ब्रान्ड” भएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार प्राकृतिक विपद्, दुर्घटना तथा अन्य आपतकालीन परिस्थितिमा सशस्त्र प्रहरीले अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्य गर्दै आएको छ। बाढी, पहिरो, डुबान लगायतका विपद्मा जोखिम मोलेर नागरिकको ज्यान जोगाउने कार्यमा सशस्त्र प्रहरी सधैं सक्रिय रहँदै आएको उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै उहाँले सशस्त्र प्रहरी बलले सीमासुरक्षा, शान्ति सुरक्षा कायम गर्ने मात्र नभई विपद् व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा व्यक्त गर्नुभयो। उद्धार, खोज तथा राहत कार्यमा देखाएको दक्षता र तत्परताले संगठनप्रति नागरिकको विश्वास अझ मजबुत भएको उहाँको भनाइ थियो।
विपद् व्यवस्थापन तालिम शिक्षालयले सशस्त्र प्रहरीका जनशक्तिलाई व्यावसायिक तथा दक्ष बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउँदै उहाँले यस्ता तालिमले चुनौतीपूर्ण परिस्थितिमा पनि प्रभावकारी ढंगले काम गर्न सक्षम बनाएको उल्लेख गर्नुभयो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु