एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट छिमेकी देश भारतमा संक्रमित हुनेको संख्या ६२ हजार ९ सय ३९ पुगेको छ । भारतिय संचारमाध्यमका अनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट २ हजार १ सय ९ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित मध्ये १९ हजार ३ सय ५७ जना संंक्रमण मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या २० हजार २ सय २८ पुगेको छ भने सो राज्यमा अहिलेसम्म ७ सय ७९ जनाको मृत्यु भएको छ । यस्तै गुजरातमा ७ हजार ७ सय ९६ संक्रमित मध्ये ४ सय ७२ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमितको संख्या ६ हजार ५ सय ४२ रहेको छ । त्यसमध्ये ७३ जनाको मृत्यु भएको छ ।
यसैबिच भारतमा जारी लकडाउनकै बिच बन्द रहेका रेल सेवा मंगलबारदेखि सञ्चालन हुने भएको छ । ५० दिन देखि जारी लकडाउनले धेरैलाई समस्या परेपछि थोरै संख्यामा तत्कालका लागि रेल सेवा शुरु गर्न लागिएको हो ।
भारतीय रेलवेलेका अनुसार सुरुमा १५ वटा रेलले यात्रा भर्ने छन् । भारतका मुख्य मुख्य शहरका लागि शुरुवात हुने रेव सेवाको लागि टिकट वितरण अनलाईनबाट मात्रै  सोमबार बेलुका चार बजेपछि सुरु हुने जनाइएको छ ।
 
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’