एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट छिमेकी देश भारतमा संक्रमित हुनेको संख्या ६२ हजार ९ सय ३९ पुगेको छ । भारतिय संचारमाध्यमका अनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट २ हजार १ सय ९ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित मध्ये १९ हजार ३ सय ५७ जना संंक्रमण मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या २० हजार २ सय २८ पुगेको छ भने सो राज्यमा अहिलेसम्म ७ सय ७९ जनाको मृत्यु भएको छ । यस्तै गुजरातमा ७ हजार ७ सय ९६ संक्रमित मध्ये ४ सय ७२ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमितको संख्या ६ हजार ५ सय ४२ रहेको छ । त्यसमध्ये ७३ जनाको मृत्यु भएको छ ।
यसैबिच भारतमा जारी लकडाउनकै बिच बन्द रहेका रेल सेवा मंगलबारदेखि सञ्चालन हुने भएको छ । ५० दिन देखि जारी लकडाउनले धेरैलाई समस्या परेपछि थोरै संख्यामा तत्कालका लागि रेल सेवा शुरु गर्न लागिएको हो ।
भारतीय रेलवेलेका अनुसार सुरुमा १५ वटा रेलले यात्रा भर्ने छन् । भारतका मुख्य मुख्य शहरका लागि शुरुवात हुने रेव सेवाको लागि टिकट वितरण अनलाईनबाट मात्रै सोमबार बेलुका चार बजेपछि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?