काठमाडौं । सत्तासीन दलभित्र मत्थर भएको भनिएको विवाद पुनः नयाँ सिराबाट बल्झिएको छ। बिहीबारलाई तय भएको पार्टी स्थायी समिति बैठक राख्ने÷नराख्ने विषयमा सचिवालयभित्र विवाद भएपछि प्रधानमन्त्री केपी ओली बैठक छाडेर बाहिरिएका थिए। यसले नेकपाभित्रको विवाद पुनः उत्कर्षमा जाने देखिएको छ।
निर्धारित समयभन्दा आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री ओलीले बैठकको अध्यक्षता गर्दै स्थायी समिति बैठक रोक्नेबारे छलफल गर्न चाहेका थिए।
‘संसद्को अधिवेशन बोलाइएको छ, सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्नेछ। कोरोनाविरुद्धको लडाईंलाई अझै प्रभावकारी बनाउनु पर्नेछ’, सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने, ‘अहिलेका प्राथमिकता यी हुन्। पार्टी एकतालाई मजबुत बनाउने र मिलेर जाने कुरा भएकै छ, साथीहरूले अहिलेको अवस्थामा सरकारको बाध्यता बुझिदिनुपर्छ। बैठक बस्ने कुरा रामै्र हो।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ बैशाख २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र