काठमाडौं । सत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, दुई वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो । नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘मुख्यतः जनताले स्थिरताका पक्षमा दुईतिहाइ दिएकाले शीर्ष नेताहरूमाथि दबाब थियो, तर छिमेकी मित्रहरूको भूमिकाले पनि समझदारी निर्माणमा सघाउ पुर्याएको छ ।’
नेकपामा आन्तरिक विवाद बढिरहेका वेला चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता तीव्र पारेकी थिइन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी थिइन् ।
यान्छी सोमबार साँझ राष्ट्रपति भवन शीतलनिवास पनि पुगेकी थिइन् । त्यहाँबाट उनले राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरण गरेकी थिइन् । दुई देशका राष्ट्रपतिबीच करिब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्केकी थिइन् । राष्ट्रपतिहरूबीच फोनवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुईपटक टेलिफोन संवाद गरेका थिए ।
यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधबार करिब तीन घन्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा ताओले कोरोना महामारीमाथि पश्चिमा मुलुकले चीनविरुद्ध राजनीतीकरण गरेको आरोप लगाउँदै चीनले ऐक्यबद्धता खोजेको बताएका थिए ।
नेकपा एकीकरणपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध बढेको छ । एकतालगत्तै दुवै देशका पार्टीका नेताहरूको भ्रमण बाक्लिएको छ । अझ, नेकपाले सी विचारधारामाथि प्रशिक्षण कार्यक्रमसमेत चलाएको थियो । आजको नयाँपत्रीका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ बैशाख २०७७, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने