काठमाडौँ । अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् ।
प्रधानमन्त्री ओलीले भने आफ्नो राजीनामाको काउन्टर प्रस्तावका रूपमा वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
गौतमले यसअघि संविधान संशोधनमार्फत राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गरेका थिए । त्यसबेला केही व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा जायज नहुने निष्कर्षमा नेकपा पुगेको थियो । तर बुधबार प्रधानमन्त्री ओलीले नै गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरे । स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावलाई उपाध्यक्ष गौतमले चलाखीपूर्वक जवाफ दिएका छन् । ‘प्रधानमन्त्रीले यो कुरा असल मनसायले ल्याउनुभएको हो भने ठीक छ तर पहिले तपाईं राजीनामा गर्नुहोस्, अनि को, कसरी प्रधानमन्त्री बन्छ भन्ने पार्टी कमिटीले निर्णय गर्छ,’ गौतमले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ बैशाख २०७७, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम