प्रधानमन्त्री ओलीले कमल थापासँग किन गरे गोप्य भेट ?

कमल थापासँगको शनिबार दिउँसो झण्डै ढेड घण्टा लामो छलफल

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०७७, ०८ : ५६
प्रधानमन्त्री ओलीले कमल थापासँग किन गरे गोप्य भेट ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला निक्कै अप्ठयारो मोडमा छन् । उनको आफ्नै कार्यशैली र ब्यवहारका कारण पार्टीभित्रै अब उनको विकल्प खोज्नुपर्ने आवाज जर्बजस्त उठन थालेको छ । पार्टी नेताहरुले स्थायी समितिको बैठक बोलाएर त्यही छलफल गरेर आवश्यक पर्दा उनको राजीनामा समेत माग्ने गरी तयारी गरेपछि उनी अहिले पूर्वपञ्चहरुको शरण खोज्न थालेका छन् । 

त्यही क्रममा उनले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपा अध्यक्ष कमल थापासँग गोप्य भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कुर्शीमा बसेर अन्य राजनीतिक दल टुक्राउने, विभाजन गर्ने खेलमा लागेर दल विभाजनको अध्यादेश समेत ल्याएका ओलीको अध्यादेश ल्याउनु भित्रका अनेक दाउ थिए । त्यसमध्येको पहिलो उदारहण हो, समाजवादी पार्टी टुक्राउने । त्यहाँ रहेका ४० प्रतिशत सांसदलाई आफनो पकडमा राख्ने । त्यस्तै राजपा पनि टुकाउने, त्यसका केही नेतालाई पनि आफु अनुकल पकडमा राखिरहने । 

दोश्रो आफनै पार्टीमा उनको कार्यशैली र एकलौटी चल्न खोज्ने प्रवृतिका विरुद्धमा आवाज उठाईरहेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल सम्मलाई तर्साउने । सक्दा पूर्व एमाले धारलाई एकताबद्ध बनाउने र प्रचण्डलाई पेल्ने, नसक्दा आफैले अप्ठयारो अवस्थामा संसदीय दलमा ४० प्रतिशत संख्या पु¥याएर पार्टी विभाजन गरी आफनै नेतृत्वमा काग्रेस, आफैले टुटफुट गराईदिएका पार्टीका नेताहरु लिएर ओली अगाडी बढ्न चाहेका थिए । 

तेश्रो यसो गर्दा पनि सम्भव नभए संसद विघटन गर्ने, अधिकार राष्ट्रपतिमा सार्ने र मध्यावधी तिर जाने योजना सम्ममा प्रधानमन्त्री भित्री रुपमा लागेका थिए । तर उनको योना सफल हुन सकेन । पार्टीभित्रै र बाहिर पनि चौतर्फी विरोध पछि ओली अध्यादेश चार दिनमै फिर्ता लिन बाध्य भए । त्यक्तिमात्र होइन, सरकारको प्रमुख जस्तो ब्यक्ती अन्य पार्टीका सांसद अपहरण गर्न आफ्नै योजनामा आफु निकट दुई सांसद र पूर्व प्रहरी आईजिपी सम्मलाई प्रयोग गरेर लागेको रहस्य पनि दिनको घाम जतिकै छर्लग भईदिएपछि अहिले ओली बालुवाटार भित्रै रन्थनिएका छन् ।

माओवादी जनयुद्धको बलमा आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली प्रधानमन्त्री ओलीका एजेण्डा थिएनन् । उनी कहिल्यै यस मुद्दामा सकारात्मक थिएनन, र अझै पनि छैनन् । अहिले उनी पार्टी भित्र र बाहिरका सबै प्रयासमा असफल भएपछि पूर्व राजावादीहरुको शरणमा देखिन खोजेका छन् ।  त्यसका लागि उनले हिन्दु राज्य पूर्नस्थापनाका लागि लागेका कमल थापा सम्ममा नयाँ योजनामा लागेका हुन सक्ने विश्लेषण अहिले राजनीतिक वृत्तमा गरिन थालिएको छ ।

सामान्यतयाः विपक्षी पार्टीका नेताहरु बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न जादा आफै सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले कमल थापासँगको शनिबार दिउँसो ओलीको झण्डै ढेड घण्टा लामो छलफल भने गोप्य राख्न चाहिरहेको छ । उता आफुले गरेका काम  र भेटघाटका विवरण सधै जसो सामाजिक सन्जाल टिवट् गरेर सार्वजकि गर्ने कमल थापाले पनि प्रधानमन्त्रीसँगको भेट सार्वजनिक गरेका छैनन । यसले दुई नेताबीचको गोप्य भेटघाट राजनीतिक वृत्तमा अहिले चर्चाको विषय छ । 

नेकपाभित्र पनि ओलीले कमल थापासँग किन गोप्य भेट गरे ? पार्टीभित्र अप्ठयारोमा परेका उनले थापासँगको भेटलाई किन गोप्य राख्न चाहे अहिले बहस शुरु भएको छ । शनिवार बालुवाटारमै विष्णु पौडेल, वामदेव गौतम, माधव नेपाल र प्रचण्ड सम्मका नेतालाई आलोपालो लगाएर भेट गरेका प्रधानमन्त्रीले त्यही बीचमा भएको थापासँगको गोप्य भेटलाई भने कुनै नेताहरुसँगको छलफलका क्रममा पनि जानकारी सम्म दिएका थिएनन् । यसले पनि ओली थापा बालुवाटारको भेट रहस्यमय बनेको छ ।