काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले निर्णय गरी अघि बढाएका अध्यादेशहरूबारे जानकारी दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बसेको बैठकमा उक्त जानकारी दिइएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बैठकमा पार्टीका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभएको उल्लेख छ । बैठकमा यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ–आफ्नो धारणा राख्नुभएको छ ।
छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले आजै ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको हो । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना सङ्क्रमणविरूद्ध जारी लडाइमा सिङ्गो मुलुक एकढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ बैशाख २०७७, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा
संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका