काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमाको विषयमा बोलेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सीमाको विषयमा बोलेको कुरा सच्याउन माग गरेका हुन्।
उनले भने, ‘देश रहनका लागि भूगोल चाहिन्छ। भूगोल बिनाको देश हुँदैन। प्रधानमन्त्रीज्यको मुखबाट जे सुनिरहेका छौँ, त्यसबाट हामी दुखी छौँ। आक्रोशित छौँ। उहाँले आफ्नो वचन सच्याउनुपर्छ। उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ।’
यस्तै, उनले नेपाली सेनालाई अन्यन्त्र प्रयोग भइरहेको बताउँदै सीमा सुरक्षामा खटाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ जेठ २०८३, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रधानमन्त्रीको संसदीय उपस्थितिबारे हर्क साम्पाङको प्रश्न
प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धमिल्यायो : हर्क साम्पाङ
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति हर्क साम्पाङको आपत्ति
‘इम्पोर्टेन्ट काम छ’ भन्दै अर्थमन्त्रीले बजेट भाषण गर्दा बीचमा उठेर हिँडे हर्क साम्पाङ
हर्क साम्पाङद्वारा कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव