वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, १७ : ०२
वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेलसहित सात जनालाई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दायर गरेको आरोप पत्रमा उनीहरू दुवैलाई नागरिकता तथा जन्म दर्ता सम्बन्धी कागजातमा भएको भनिएको अनियमित प्रक्रियामा प्रमुख भूमिका निर्वाह गरेको भन्दै मुख्य जिम्मेवार पक्षका रूपमा उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा अर्की महिलाको छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गरी गलत विवरणका आधारमा जन्म दर्ता प्रमाणपत्र तयार गरिएको र सोही कागजातका आधारमा नागरिकता समेत जारी गरिएको दाबी आयोगले गरेको छ। यस प्रक्रियामा वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका कागजातमा झुटा विवरण समावेश गरी निर्णय प्रक्रिया प्रभावित गरिएको निष्कर्ष आयोगको छ।

प्रतिक्रिया दिनुहोस