च्याम्पियन्स लिगको फाइनल अगस्ट अन्तिम साता

शुक्रबार, ०५ बैशाख २०७७, १० : ३३
च्याम्पियन्स लिगको फाइनल अगस्ट अन्तिम साता

एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिग फुटबलको फाइनल खेल अगस्टको अन्तिम साता आयोजना गर्ने भएको छ । कोरोना भाईरसका कारण अनिश्चित कालका लागि स्थगित गरिएको च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २९ तारिख गर्ने युईएफएको योजना छ ।

यसको अन्तिम निर्णय यही अप्रिल २३ तारिख बस्ने युईएफए कार्यसमितिको बैठकले तय गर्ने बताईएको छ । च्याम्पियन्स लिगको फाइनल खेल टर्कीको इस्तानबुलमा र युरोपा लिगका फाइनल त्यसको तीन दिनअघि सक्ने तयारी युईएफएको छ ।

युईएफएले युरोपियन शीर्ष लिगहरुको बारेमा पनि छलफल गर्ने बताईएको छ । युईएफएले च्याम्पियन्स लिगका लागि दुई विकल्प सहित छलफल गर्ने तयारी पनि गरेको छ । पहिलो योजना च्याम्पियन्स लिगको नकआउट चरण नियमित रुपमा गर्ने र जुलाईमा क्वार्टरफाइनल र अगस्टमा फाइनल गर्ने छ ।

यदि यो सम्भव नभएमा सिजनको अन्तिमतिर सानो आकारको च्याम्पियन्स लिग गर्ने रहेको छ । च्याम्पियन्स लिगमा अझै क्वार्टरफाइनलका चार खेल बाँकी नै छ । युरोपा लिगमा पनि अन्तिम १६ को दोस्रो चरणको खेल पूरै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस