एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का युवास्टार केलियन एमबाप्पेले पीएसजी छाड्ने चर्चा सुरु भएको छ । एमबाप्पे छिट्टै पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जान लागेको समाचार बाहिर आएको छ । पीएसजीका पूर्व खेलाडी जेरोमी रोथेनले एमबाप्पेले पीएसजी छाड्न लागेको बताए ।
फ्रान्सकै रेडियो मोन्टेकार्लाेसँगको कुराकानीमा रोथेनले कोरोना भाईरसको संक्रमण सुरुहुनु अघिनै एमबाप्पे रियलसँग अनुबन्धको नजिक पुगेको दावी पनि गरेका छन् । ‘एमबाप्पेले पीएसजीमा नविकरण सम्झौता गर्दैनन् । उनी अर्को सिजन रियल जाने पक्का हो । मलाई लाग्छ, उनले रियलमा सम्झौता गरिसकेको हुन सक्छ,’ रोथेनल भने ।
एमबाप्पे रियलका प्रशिक्षक जिनेदिन जिदानको नजरमा परेकोले पनि रियल जाने निश्चित भएको रोथेनले बताए । २१ बर्षीय एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पीएसजी आएका थिए । पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । पीएसजी अहिले फ्रेन्च लिगको शीर्षस्थानमा छ ।
पीएसजीले २७ खेलबाट ६८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५६ अंक र तेस्रो स्थानमा रहेको रेनेसको ५० अंक छ । पछिल्लो समय प्रशिक्षक थोमस टुचेलसँगको चिसो सम्बन्ध र च्याम्पियन्स लिगमा सोचेजस्तो प्रदर्शन नभएपछि एमाबप्पेले रियलको बाटो तताउन लागेको बताईएको छ । एमबाप्पे अघिनै ब्राजिलियन सुपरस्टार नेयमार पीएसजी छाडेर स्पेनिस क्लब बार्सिलोना जान लागेका छन् । एडिन्सन काभनी र माउरो इकार्डीले पनि यसअघिनै क्लब छाड्ने बताइसकेका छन् । त्यसैले स्टारहरुले छाड्दाको पीएसजी कस्तो होला भन्ने चर्चा पनि सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने