एजेन्सी । संक्रमण रोक्न अत्याधिक सतर्कता र प्रयास गरिए पनि भारतमा कोरोना भाइरस संक्रमितको सख्ंया दिन प्रति दिन बढ्दै गएको छ ।
कोरोनाकै कारण छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ । भारतिय संचारमाध्यमका अनुसार बिहीबार बिहानसम्म संक्रमितको संख्या ५ हजार ७ सय ३४ पुगेको छ । त्यस्तै अहिलेसम्म ४ सय ७२ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
भारतमा दिल्ली तथा उत्तर प्रदेशमा संक्रमण अरु प्रान्तमा भन्दा बढी देखिएको छ । यसलाई मध्यनजर गरेर दिल्ली तथा उत्तर प्रदेश सरकारले हटस्पट इलाकालाई सिल गर्ने घोषणा गरेका छन् ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीका २० क्षेत्र सिल गर्ने र ती क्षेत्रमा अत्यावश्यक सेवाको कमी हुन भने नदिने बताए । यस्तै दिल्लीमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाएर आवतजावत गरिए कडा कारवाही गर्ने जनाईएको छ ।
यस्तै उत्तर प्रदेश सरकारले राज्यका १५ जिल्लालाई हटस्पट घोषणा गरी सिल गर्न निर्देशन दिएको छ। सिल गरिएका जिल्लामा लकडाउन भन्दा पनि कडा निगरानी हुने र उल्लघंन गरेको पाईए कडा कारवाही गर्ने प्रान्तिय सरकारका अधिकारीहरुले बताएको स्थानिय संचारमाध्यमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा