काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेस सरकारसँग चिढिएको छ । सरकारले संसदको हिउँदे अधिवशेन प्रमुख प्रतिपक्षी दलसँग समन्वय र परामर्श समेत नगरी अन्त्य गर्ने काम गरेको भन्दै काँग्रेस सरकारसँग रिसाएको हो ।
कोराना भाइरसको संक्रमणविरुद्ध जुध्न राष्ट्रिय सहमति खोजिरहेको र पूर्व प्रधानमन्त्रीहरुसम्मको छलफलबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवाज उठाईरहेको काँग्रेसले छलफल बिनै सदन अन्त्य गर्ने निर्णय सरकारले गरेको भन्दै असन्तुष्टि जनाएको हो । राष्ट्रिय सहमतीको खोजीका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार मात्रै पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोन सम्वाद गरेका थिए ।
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट सदनको चालु बैठक अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको थियो । सरकारको सिफारिसपछि सोमबार नै राष्ट्रपतिले सदनको हिउँदे अधिवशेन अन्त्यको घोषणा गरिसकेकी छिन् । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारको त्यस निर्णयलाई हतास मनस्थितिको उपज भएको बताए । सामान्य अवस्थामा प्रमुख प्रतिपक्ष दलसँग सदन अन्त्यका बारेमा परामर्श हुने नजिर रहेपनि यो पटक जानकारीसम्म नदिई अधिवशेन अन्त्य गरेको भन्दै उनले काँग्रेस अत्तालिएको बताए ।
‘संकटको बेला सदनका सबै राजनीतिक दललाई विश्वासमा लिएर सरकारले अगाडी बढ्ने हिम्मत गर्नुपर्दथ्यो, तर झन सरकार अत्तालिएको देखियो,‘ खाँणले सफलखबरसँग टेलिफोनमा भने,– ‘अझ सदन अन्त्य गर्दा त प्रमुख प्रतिपक्षसँग समन्वय गर्ने परम्परा नै थियो । सदन अन्त्य गर्ने बेलामा सरकार हतारिएको जस्तो देखियो ।’ पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन लकडाउनका कारण फागुन २९ गतेबाट बस्न सकेको थिएन ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने सवालमा सदनमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि फागुन २३ गतेको बैठकमा छलफल भएको थियो । सदनमा काँग्रेसकै सांसदहरुले सदन अधिवशेन अन्त्य गर्न माग गरेका थिए । तर अहिले सरकारले सामान्य परामर्श समेत नगरी अधिवशेन अन्त्य गरेको भन्दै असन्तुष्टि जनाएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बागमतीमा कांग्रेस विवाद : शेखर पक्ष पर्ख र हेरको नीतिमा
'भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौँ’ : काँग्रेस
मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा काँग्रेसलाई चुनौती पर्न सक्ने निष्कर्ष
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु