नवलपुर(नवलपरासी) । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै आएको छ ।
विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको महत्त्वपूर्ण बासस्थानको रूपमा रहेको छ । मानवलाई जस्तै वन्यजन्तुलाई पनि बाँच्नका लागि आहार र पानीको आवश्यकता पर्ने भन्दै सुक्खायाममा पानीको अभाव पूर्ति गर्न कृत्रिम ताल निर्माण गरिएको हो ।
पछिल्लो समय निकुञ्जभित्रका घाँसेमैदान, सिमसार क्षेत्र मासिँदै गएपछि वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएकाले निकुञ्जले कृत्रिम ताल निर्माण गरी वन्यजन्तु संरक्षणमा पहल गरेको हो ।
निकुञ्जका प्राकृतिक ताल र सिमसार क्षेत्रमा देखिएको समस्यालाई ध्यानमा राखेर घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापनमा निकुञ्ज लागिपरेको छ । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत सुखीभार पोष्ट नजिकै कृत्रिम ताल निर्माण गरेको हो । सुक्खायाममा पानीको अभावलाई पूरा गर्न ९७ मिटर लम्बाइ र २५ मिटर चौडाइको सौर्य ऊर्जा जडानसहितको ताल निर्माण गरेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १५ चैत्र २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा