पोखरा । ताला फोरिएको कोठामा सञ्जय खड्का लम्पसार परेर सुतिरहन्छन् । दुर्घटनामा परेर मेरुदण्ड भाँच्चिएपछि खाटमा पल्टिएर मोबाइल चलाउनु उनको दैनिकी भएको छ । उपचार गर्दागर्दै अस्पतालले ‘डिस्चार्ज’ दियो । लकडाउनमा उनलाई आलो घाउमा नुनचुक छर्केजस्तै भयो ।
ताला फोरिएको कोठामा सञ्जय खड्का लम्पसार परेर सुतिरहन्छन् । दुर्घटनामा परेर मेरुदण्ड भाँच्चिएपछि खाटमा पल्टिएर मोबाइल चलाउनु उनको दैनिकीभएको छ । उपचार गर्दागर्दै अस्पतालले ‘डिस्चार्ज’ दियो । लकडाउनमा उनलाई आलो घाउमानुनचुक छर्केजस्तै भयो ।
फागुन १८ मा बागलुङको गलकोटमा युवा क्लबको वार्षिकोत्सव थियो । २४वर्षीय उनी जनएकता युवा क्लबको कोषाध्यक्ष हुन् । दिउँसो वार्षिकोत्सवको कार्यक्रमसकेर साँझ ट्र्याक्टरमा सामान लोड गरे । सामान पुर्याउन उनी पनि ट्र्याक्टर चढे ।टेन्ट, कुर्सी,टेबल लगायत सामान बोकेको ट्र्याक्टर दुर्घटनामा पर्यो । उनीसँगैट्र्याक्टरमा भएका अरू चार जना सामान्य घाइते भए । उनी उठ्नै सकेनन् । दाजुलेउनलाई पोखराको मणिपाल शिक्षण अस्पताल ल्याए ।
अस्पतालमा उपचार हुँदै थियो । कोरोना भाइरसको त्रासले देशमा लकडाउनसुरु भयो । लकडाउन सुरु भएपछि अस्पतालले खड्कालाई राख्न मानेन । चिकित्सक कम हुनेर अस्पताल खाली गर्नुपर्ने भएकाले भर्ना गरेर राखिएका बिरामीलाई पठाउनुपरेकोमणिपालले बतायो । चैत १३ मा डिस्चार्ज दियो । उनलाई पोखराकै गण्डकी मेडिकल कलेजमालगियो । उक्त अस्पतालले पनि जनशक्ति अभाव देखाउँदै भर्ना लिन मानेन । उनीबुद्धचोकमा रहेकी दिदीकहाँ पुगे ।
सामान्य चियापसल चलाइरहेकी दिदी दुर्गा खड्का दुईवटा कोठा भाडामालिएर बसेकी छन् । एउटा भान्साकोठा छ, अर्कोसुत्ने कोठा । श्रीमान्, श्रीमती र दुईबालबच्चालाई त्यहीं कोठा साँघुरो हुन्छ । बिरामी भाइलाई राख्न उनले उपाय निकालिन्, छिमेकीका खाली कोठा प्रयोग गर्ने । लकडाउन भएपछि घर गएका थिए उनकाछिमेकी । छिमेकीले ताला फोरेर प्रयोग गर्न भने । दुर्गालाई हाइसञ्चो भयो ।
दुई दाजुभाइलाई कोठामा राखिन् । मेरुदण्ड भाँच्चिएकाले सञ्जय हलचलगर्न सक्दैनन् । तल्लो हर चल्दैन । घाउमा दिनदिनै ड्रेसिङ गर्नुपर्छ । पोखरारंगशाला अगाडि छ पोखरा अस्पताल । सञ्जयको घाउ ड्रेसिङ गर्न त्यहीँ अस्पताल लैजानेनिधो भयो । अस्पतालले सुरुमा ज्वरो आए नआएको सोध्यो । ज्वरो नभएको बताएपछि ड्रेसिङगरिदिन राजी भयो । कोठाबाट ३०० मिटरको दूरीमा रहेको अस्पतालसम्म लान ल्याउन स्ट्रेचरकोव्यवस्था अस्पतालले गरिदियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण