बागमती । बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा सम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ ।
प्रदेश सरकारको आठ करोड तीन लाख ७१ हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुने भएको हो । पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिने छ ।
भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे ।
हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताए । उक्त भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित
रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार