काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गर्नुभएको छ ।
रुपन्देहीमा शुक्रवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताउनु भयो । उहाँले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो गर्नुभयो । जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन् । अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन् । मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी कमजोर भिए होलान् । जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ ।’
उहाँले राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, १९ : ०५
लेखकबाट थप