काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नागरिक र आमसचारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
मिडियाको जिम्मेवारपूर्ण आधिकारिक शिक्षाले यो भाइरसबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो आत्मासात गर्न पनि उनmे आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले शनिबार एक भिडियो शन्देश जारी गर्दै कोभिड १९ का विरुद्ध विजयप्राप्त गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न तथा त्यसमार्फत देश र दूनियाको रक्षामा योगदान गर्न सवैसँग अपिल गरेका छन् ।
त्यस्तै उनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउन राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०७६, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड